बिहीबार, फाल्गुन २८,२०८२ 03:44:00
Bizshala
  • बिहीबार, फाल्गुन २८,२०८२ 03:44:00
Bizshala
Global IME Bank Limited

सोविता गौतमको चुनावी खर्च झण्डै १० लाख

Hyundai Nepal
सोविता गौतमको चुनावी खर्च झण्डै १० लाख
Shivam Cement

काठमाण्डौ । चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा खर्च भएको विवरण गौतमले निर्वाचन आयोगमा पेश गरेकी हुन् ।  

सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमुना मतपत्र÷घोषणापत्र छपाइका लागि ७४ हजार २ सय र वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख रुपैयाँ खर्चेकी छिन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

निर्वाचनमा सहभागी उम्मेदवारहरूले धमाधम आफ्नो खर्च विवरण सार्वजनिक गरिरहेका छन् । आयोगले आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । गौतम चितवन–३ बाट ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी हुन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.