शनिबार, बैशाख १३,२०८२ 09:04:29
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:04:29
IME remit
Global IME Bank Limited

समस्याग्रस्त बोइङका सीईओले एकै वर्षमा बुझे ३२.५ मिलियन डलर तलब,साथमा आकर्षक स्टक बोनस

Hyundai Nepal
समस्याग्रस्त बोइङका सीईओले एकै वर्षमा बुझे ३२.५ मिलियन डलर तलब,साथमा आकर्षक स्टक बोनस
Nabil Bank Limited

काठमाण्डौ । हवाईजहाज निर्माता कम्पनी बोइङका सीईओ डेभ काल्हौनलाई गत वर्ष एक मिलियन डलर भन्दा बढी तलबका बाबजुत ठूलो मात्रामा स्टक बोनस प्रदान गरिएको खबर बाहिरिएको छ ।  कम्पनी घाटाको श्रृखंलाबाट गुज्रिरहेको र सुरक्षा समस्याहरूले ग्रस्त बनेका बेला सीईओ लाई भने सेवा सुविधामा व्यापक वृद्धि गरिएको थियो ।  

सन् २०२३ मा काल्हौनले कुल ३२.८ मिलियन डलरबराबरको सेवा सुविधा पाएका थिए । जुन सन् २०२२ को २२.६ मिलियन डलरको तुलनामा ४५ प्रतिशतले धेरै हो । काल्हौनले २.८ मिलियन डलरबराबरको थप बोनस अस्विकार नगरेको भए यो रकम अझै धेरै हुनसक्थ्यो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

काल्हौन सीईओमा नियुक्त भएपछि सन् २०२३ र २०२२ गरी दुई वर्ष बोईङको आर्थिक अवस्थामा सुधार देखिएको थियो । कम्पनीले सन् २०१९ देखि निरन्तर रुपमा घाटा व्यहोर्दै आएको थियो । तर कम्पनीले यो घाटालाई ६० प्रतिशतले घटाउन सफल भएको छ । सन् २०२३ मा कम्पनीको सेयरमूल्य पनि ३७ प्रतिशतले वृद्धि भएको थियो । डिसेम्बर महिनाले कम्पनीले नयाँ व्यवसायिक जेट विमानका लागि रेकर्ततोड माग प्राप्त गरेको थियो । तर गत जनवरीमा विमानमा सुरक्षा समस्या देखिएपछि भने सुरक्षा र गुणस्तरमा कम्पनीको प्रतिष्ठामा अहिले सम्मकै न्यून विन्दुमा आईपुग्यो ।  

गत महिना सीईओ काल्हौनले पदबाट यसै वर्ष राजीनामा दिने बताएका थिए । जसपश्चात कम्पनी नयाँ सीईओको खोजीमा लागेको छ ।

४५ मिलियन डलरबराबरको स्टक बोनससाथ काल्हौनले बोइङ छाड्ने भएका छन् । जुन उनले यस वर्ष पाउने तलब तथा सेवा सुविधाको तुलनामा धेरै हुनेछ ।  

सन् २०१८ र २०१९ मा दुई वटा दुर्घटनाका कारण ३४६ जनाको मृत्यु भएपछि बोइङको ७३७ म्याक्स विमान ग्राउण्डेड भएको थियो । यस्तोमा सन् २०२० को जनवरीमा डेभ काल्हौनलाईकम्पनीको सीईओ नियुक्त गरिएको थियो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.