काठमाण्डौ । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ १ शेयर बराबर १ नयाँ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद सेयरमा माघ २९ गतेसम्म कायम साविक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरमा चैत २२ गतेदेखि वैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘आईआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

