Bizshala
  • मंगलवार, चैत्र १०,२०८२ 04:23:53
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत २ देखि चैत ८ सम्म ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।  

यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३,००० भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको छ ।  

साथै, उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई बैंकले प्रदान गर्ने सेवाहरूबारे व्यावहारिक जानकारी समेत गराइएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

‘स्मार्ट मनि टक्स’भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयहरूमा समेत सचेत गराइएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एभरेष्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् भने देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ वटा एटिएम सञ्चालनमा छन् । विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.