काठमाण्डौ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
संसद सचिवालयका अनुसार ६३ जना सांसले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।

