Bizshala
  • शुक्रबार, चैत्र १३,२०८२ 11:04:02
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीको शपथअघि दौडधुप: १६ सदस्यीय क्याबिनेट बनाइने, केही मन्त्रीको नाम फाइनल

Hyundai Nepal
प्रधानमन्त्रीको शपथअघि दौडधुप: १६ सदस्यीय क्याबिनेट बनाइने, केही मन्त्रीको नाम फाइनल
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शपथको निर्धारित समयभन्दा केही अघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ। दिउँसो १२ः३४ बजे शुभ साइतमा शाहले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ।

तर शपथअघि नै सरकार गठनको ‘कोर काम’(मन्त्री छनोट) अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछाने बीच आज बिहान निर्णायक छलफल हुँदैछ, जसले नयाँ सरकारको प्रारम्भिक स्वरूप तय गर्नेछ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

शपथअघि नै ‘मन्त्री रेस’को अन्तिम टुंगो

रास्वपा स्रोतका अनुसार १५ देखि १६ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी छ। बिहानसम्म नाम फाइनल गरेर मन्त्रीहरूलाई शपथका लागि तयारी गर्न जानकारी दिने योजना बनाइएको छ। बिहान १० बजेसम्म सूची टुंग्याएर ११ बजे राष्ट्रपति कार्यालय जाने कार्यतालिका तय गरिएको बताइएको छ।

बिहीबार रातिसम्म चलेको छलफलमा केही नाममा सहमति भए पनि बाँकीमा अन्तिम निर्णय आज बिहान गर्ने समझदारी बनेको थियो।

कसको नाम चर्चामा ?

मन्त्री बन्ने सूचीमा केही ‘हाई-प्रोफाइल’ नामहरू बलियो रूपमा अघि आएका छन्:

-स्वर्णिम वाग्ले – अर्थमन्त्री लगभग निश्चित-(हिजो राति बालेन कन्भिन्स)

-शिशिर खनाल – परराष्ट्र मन्त्रालय

-सोबिता गौतम – कानुन, न्याय तथा संसदीय मामिला

-इन्दिरा राना मगर – सामाजिक/समावेशी क्षेत्र

-सुनील लम्साल – गृह वा भौतिक पूर्वाधारमध्ये एक

-सस्मित पोखरेल, सुधन गुरुङ, प्रतिभा रावल लगायत पनि चर्चामा

त्यस्तै, सर्लाही–४ बाट विजयी अमरेशकुमार सिंह लाई पनि मन्त्री बनाउनेबारे छलफल भइरहेको बताइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्रालय ‘मर्ज’ गर्ने तयारी

सरकार सानो र प्रभावकारी बनाउने रणनीतिअनुसार केही मन्त्रालय गाभ्ने तयारी पनि भएको छ:

-पर्यटन + उद्योग एउटै मन्त्रीलाई

-भौतिक पूर्वाधार + सहरी विकास एउटै मन्त्रीलाई

यसले खर्च नियन्त्रण र निर्णय प्रक्रियालाई छरितो बनाउने लक्ष्य राखिएको देखिन्छ।

महिला र समावेशीतामा जोड

रास्वपाले मन्त्रिपरिषद्मा कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्ने प्रयास गरिरहेको छ। पार्टीभित्र प्रत्यक्ष र समानुपातिक दुवैबाट उल्लेख्य महिला प्रतिनिधित्व भएकाले समावेशी सन्तुलन मिलाउने चुनौती पनि सँगै आएको छ।

साथै, जनजाति, भौगोलिक क्षेत्र र अन्य सामाजिक समूहको प्रतिनिधित्व मिलाउन नेतृत्व गम्भीर छलफलमा रहेको स्रोतको दाबी छ।

निर्णय सीमित घेरामा, दोस्रो तह ‘अनभिज्ञ’

मन्त्री चयनको प्रक्रिया अत्यन्त गोप्य राखिएको छ। सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित केही शीर्ष नेताबीच मात्र नाम टुंग्याउने अभ्यास हुँदा दोस्रो तहका नेताहरू समेत अन्तिम सूचीबारे अनभिज्ञ रहेको बताइएको छ।

एक नेताका शब्दमा, “को मन्त्री बन्ने भन्नेबारे अनुमान गर्नसमेत कठिन छ, अन्तिम क्षणसम्म सस्पेन्स रहन्छ।”

आजै शपथ, आजै सरकार

प्रधानमन्त्रीसँगै आजै मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ। यसले नयाँ सरकारलाई पहिलो दिनदेखि नै काममा लैजाने संकेत गरेको छ।

आजको दिन केवल नयाँ प्रधानमन्त्रीको शपथ मात्र होइन, नयाँ राजनीतिक कार्यशैलीको परीक्षण पनि हो।

एकातिर बालेन शाहको ‘नयाँ अनुहार’ नेतृत्व, अर्कोतर्फ सानो, समावेशी र छरितो मन्त्रिपरिषद् बनाउने प्रयास-यी दुबै पक्षले आगामी शासनशैली कस्तो हुनेछ भन्ने संकेत दिइरहेका छन्।

अब सबैको नजर एउटै प्रश्नमा केन्द्रित छ: के यो ‘फास्ट-ट्र्याक’ सरकार गठनले व्यवहारिक शासनमा पनि त्यत्तिकै गति दिन सक्छ ?

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.