Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

चीनले किन खरिद गरिरहेको छ ठूलो परिमाणमा सुन ? मूल्य वृद्धिमा कत्तिको जिम्मेवार ?

Global IME Bank Limited
चीनले किन खरिद गरिरहेको छ ठूलो परिमाणमा सुन ? मूल्य वृद्धिमा कत्तिको जिम्मेवार ?
Nabil Bank Limited

काठमाण्डौ । अहिले अन्तराष्ट्रि बजार सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । यो साता सुनको मूल्य पहिलोपटक प्रतिऔंस २३ सयको विन्दु पार पुगेको थियो । भू–राजनीतिक विवाद,अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने आकँलन र चीनले व्यापक मात्रामा भण्डार गरिरहेका कारण सुनको मूल्यमा उछाल आईरहेको छ ।  

मध्य–पूर्व र युक्रनेमा सिर्जित तनावले पनि सुनको मूल्य वृद्धि हुनुमा टेवा पुर्याईरहेका छन् ।  

कठिन परिस्थिती र मुद्राको अवमूल्यन भएको अवस्थामा सुनलाई लगानीकताले सबैभन्दा सुरक्षित‘सेफ हेभन’का रुपमा लिने गर्छन ।  

चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना(पीबीसी)’ले सुनको भण्डारमा गरिरहेको वृद्धिलाई विश्वका अन्य केन्द्रीय बैंकहरुले समेत पछ्याईरहेका छन् ।  

के गरिरहेको चीन ?

वल्र्ड गोल्ड काउन्सिलका अन्सार पीबीसीले विगत १६ महिनादेखि निरन्तर रुपमा सुनको भण्डार वृद्धि गरिरहेको छ । सन् २०२३ मा पीबीसीले विश्वका अन्य केन्द्रीय बैंकको तुलनामा सबैभन्दा बढी सुन खरिद गरेको थियो ।  

रिपोर्टका अनुसार गत वर्ष पीबीसीले २२५ मेट्रिक टन सुन खरिद गरेको थियो । जुन विश्वका अन्य केन्द्रीय बैंकले खरिद गरेको १ हजार ३७ मेट्रिक टनको तुलनामा झण्डै एक तिहाई हुन आउँछ । जनवरी र फेब्रअरी महिनामा पीबीसीले २२ टन सुन भण्डारण गरेको छ ।  

अहिले चीनको केन्द्रीय बैंकको भल्टमा २ हजार २५७ टन सुन मौज्दात छ । अर्कोतर्फ चीनको रियल स्टेट क्षेत्र,सेयर बजार र चिनियाँ युआन कमजोर बनेपछि चिनियाँ नागरिकले सुनमा लगानी बढाएका छन् । उनीहरुले सुनको सिक्का,बार र गरगहनाको खरिद बढाएका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ठूलो परिमाणमा किन सुन खरिद गरिरहेको छ चीन ?

चीन विशेष गरेर बाँकी विश्वसँगको व्यापारका लागि अमेरिकी डलरमा निर्भर रहँदै आएको छ । विश्वका अधिकांश वस्तुको मूल्य डलरमा निर्धारण गरिएको हुन्छ र विश्वको आधिभन्दा बढी व्यापार डलरमा गरिन्छ ।  

विगत ३० वर्षदेखि अमेरिकाको आर्थिक प्रभुत्वलाई चुनौती दिन चीनले धेरैजसो डलरमा ठूलो विदेशी मुद्रा भण्डार निर्माण गरेको छ । तर डलरप्रतिको निर्भरता बढ्दै जाने तथ्यबाट भने चीन डराएको देखिन्छ र पीसीबीको रिजर्भलाई विविधकरण गर्न अग्रसर भईरहेको छ ।  

चीनले अमेरिकी डलरको मौज्दात विस्तारै कम गर्दै गईरहेको छ । अमेरिकी डेटाका अनुसार चीनको डलर मौज्दात सन् २०११ बाट ८०० बिलियन डलर घटिसकेको छ । कोरोना महामारीपछि डलरको मौज्दात तीव्र घटिरहेको छ ।  

चीन ब्रिक्स (ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफ्रिका)समूहमा विविधकरण विस्तार गर्न चाहन्छ । ब्रिक्स समूहका देशहरुले सन् २०५० सम्म विश्वको अर्थतन्त्रमा दबदबा कायम गर्ने जनाइएको छ । ब्रिक्समा आवद्ध देशहरुमा एउटा साझा मुद्रा प्रचलनमा ल्याउने बहस चलेको छ । यसले सार्थकता पायो भने विश्वको रिजर्भ करेन्सीमा डलरको दबदबा माथि चुनौति थपिने छ ।   

डलरबार किन विविधकरण गर्न चाहन्छ चीन ?

चीनसहित ब्रिक्स समूहका देशहरु अमेरिकाले विश्वमा आफ्नो आर्थिक तथा भू–राजनीतिक स्थान कायम राख्न डलरलाई हतियार बनाईरहेकोप्रति चिन्तित छन् । डलरको स्थानका कारण अमेरिकाले सस्तोमा पैसा कर्जामा लिन सक्छ । यसका साथै, अमेरिकाले डलरलाई कुटनीतिक औजारको रुपमा समेत प्रयोग गर्न सक्छ । उदाहरणका लागि रुस र उत्तर कोरियामाथिको आर्थिक नाकाबन्दीलाई लिन सकिन्छ ।  

रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली युनियनले रुसमाथि थुप्रै नाकाबन्दी लगाईसकेको छ । यसमा रुसको केन्द्रीय बैंकको विदेशी मौज्जाद फ्रिज गर्ने जस्ता कार्य समावेश छन् ।  

अमेरिकाविरुद्ध सैनिक बल देखाउँदा वा व्यापार युद्ध भयो भने अमेरिकाले चीनलाई पनि रुस र उत्तर कोरिया जस्तै गर्न सक्ने चिन्ता चिनिया नेतृत्वमा पाइन्छ ।  

चीनका राष्ट्रपति सि जिङपीनले ताइवान बेइजिङको भु–भाग भएको र यसलाई आवश्यक परे बलपूर्वक भएपनि प्राप्ति गर्ने बताएका छन् ।  

चीनले लगातार १८ महिना खरिद बढाएपनि सुनको मौज्जाद कुल मौज्जादको ४ प्रतिशत मात्रै हुन आउँछ । यो मौज्दात विकसीत देशहरुको थ्रेसहोल्डभन्दा निकै कम हो ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.