काठमाण्डौ । प्रतिनिधि सभाले चैत २२ भित्र नयाँ सभामुख पाउने भएको छ ।
बुधबार सम्पन्न सर्वदलीय छलफलले पहिलो बैठकमै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मा महासचिवलाई दिने सहमति गरेको हो ।
प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकपछि फागुन २० गते सभामुख पदका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करिब दुई तिहाइ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा रहेको छ, जसकारण पार्टीले अघि सारेको उम्मेदवार निर्वाचित हुने प्रायः निश्चित देखिएको छ ।
रास्वपाले आफ्ना उपसभापति डिपी अर्याललाई सभामुख बनाउने तयारी गरिरहेको बताइएको छ ।

