शुक्रबार, चैत्र २०,२०८२ 12:00:12
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 12:00:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘भेट नै भएन’ भन्छ अर्थ मन्त्रालय, सेबोन-नेप्से प्रमुखलाई अर्थमन्त्रीले निर्देशन दिएको भन्दै बनाइयो समाचार

Bizshala
‘भेट नै भएन’ भन्छ अर्थ मन्त्रालय, सेबोन-नेप्से प्रमुखलाई अर्थमन्त्रीले निर्देशन दिएको भन्दै बनाइयो समाचार
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेबोन र नेप्से नेतृत्वसँग उच्चस्तरीय छलफल गरी निर्देशन दिएको भन्ने केही सञ्चारमाध्यमको समाचारमाथि अर्थ मन्त्रालयभित्रैबाट कडा प्रश्न उठेको छ। 

मन्त्रालयका विभिन्न स्रोतले त्यस्तो कुनै औपचारिक भेटघाट वा छलफल नै नभएको दाबी गरेका छन्, जसले सार्वजनिक गरिएको समाचारको विश्वसनीयतामै प्रश्न खडा गरेको छ। 

केही मिडियाले अर्थमन्त्री वाग्लेले शेयर बजारमा देखिएको गिरावटपछि लगानीकर्ताको मनोबल बढाउन सेबोन र नेप्सेलाई ‘एक्सन’ मा उत्रिन निर्देशन दिएको, र रास्वपाको घोषणापत्रअनुसार पूँजी बजार सुधारको योजना बनाउन आग्रह गरेको भन्दै विस्तृत समाचार प्रकाशन गरेका थिए। तर, मन्त्रालयका आधिकारिक र अनौपचारिक स्रोतहरू भने उक्त दाबीलाई अस्वीकार गर्छन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र नेप्सेका सीईओ चूडामणि चापागाई मन्त्रालय आएको देखिए पनि अर्थमन्त्रीसँग उनीहरूको कुनै भेटघाट वा छलफल भएको आफूलाई जानकारी छैन। 

“उहाँहरू आएको देखेको हो, तर मन्त्रीसँग छलफल भयो भन्ने मैले देखिनँ। म त्यसमा सहभागी पनि थिइनँ,” पाण्डेयले भने। 

अर्थमन्त्रीको सचिवालयले त झन् स्पष्ट रूपमा त्यस्तो कुनै कार्यक्रम नै नभएको जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार, समाचारमा उल्लेख गरिएको समयमा अर्थमन्त्री गृहमन्त्रीसँग राजश्व चुहावट नियन्त्रणसम्बन्धी बैठकमा व्यस्त थिए। 

“उहाँले सेबोन र नेप्सेलाई बोलाउनुभएको छैन। यदि बोलाइएको हुन्थ्यो भने हामीलाई थाहा हुन्थ्यो। मिडियामा आएको समयमै उहाँ गृहमन्त्रीसँग बैठकमा हुनुहुन्थ्यो,” स्रोतले भन्यो। 

सचिवालयले अर्थमन्त्री पूँजी बजारमा प्रत्यक्ष हस्तक्षेप गर्ने पक्षमा नरहेको पनि प्रष्ट पारेको छ। “बजार घट्नेबित्तिकै मन्त्रीले निर्देशन दिने अभ्यासमा उहाँ हुनुहुन्न। नियामक निकायले आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ भन्ने उहाँको स्पष्ट धारणा छ,” स्रोतको भनाइ छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यता, मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका एक अधिकारीले भने घटनाको अर्को पाटो खुलाएका छन्। 

उनका अनुसार सेबोन र नेप्से नेतृत्वसँग प्रत्यक्ष छलफल नभई मन्त्रीको सन्देश महाशाखामार्फत प्रवाह गरिएको थियो, जसलाई केही मिडियाले ‘प्रत्यक्ष बैठक’का रूपमा व्याख्या गरेका हुन्। 

“मन्त्रीज्यूले रास्वपाको बाचापत्र हेरेर सोहीअनुसार काम अघि बढाउन भन्नु भएको सन्देश हामीमार्फत गएको हो। त्यसलाई ट्विस्ट गरेर प्रत्यक्ष निर्देशन दिएको जस्तो बनाइएको छ,” ती अधिकारीले भने। 

ती अधिकारीले अझै अगाडि बढ्दै केही समाचारहरू नियामक निकायभित्रैबाट ‘म्यानुपुलेट’ गरिएको आशंका पनि व्यक्त गरेका छन्। 

“केही समाचारहरू आफूअनुकूल बनाउन खोजिएको देखिन्छ। यसमा गलत ढंगले प्रस्तुति गरिएको छ,” उनले दाबी गरे। 

यसरी एउटै विषयमा मन्त्रालय, सचिवालय र महाशाखा स्तरबाट आएका फरक-फरक अभिव्यक्तिले ‘निर्देशन दिएको’ भनिएको समाचारमाथि गम्भीर प्रश्न उठाएको छ। वास्तविकता के हो भन्ने स्पष्ट हुन नसक्दा पूँजी बजार जस्तो संवेदनशील क्षेत्रसँग सम्बन्धित सूचना प्रवाहको पारदर्शितामाथि समेत प्रश्न चिन्ह लागेको छ।

फोटो: अर्थमन्त्री गृहमन्त्रीसँग राजश्व चुहावट नियन्त्रणसम्बन्धी बैठकमा व्यस्त हुँदाको क्षण । 

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

3 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.