आईतवार, श्रावण १०,२०८३ 06:42:03
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:42:03
Bizshala
Global IME Bank Limited

एसियामा ११ जना नेपाली अफवाह फैलाएको आरोपमा पक्राउ

एसियामा ११ जना नेपाली अफवाह फैलाएको आरोपमा पक्राउ
New Office

काठमाण्डौ । पश्चिम एसियाका विभिन्न देशहरूले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ११ जना नेपालीलाई पक्राउ गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ परेकामध्ये संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जना, साउदी अरेबिया मा ४ जना, कतार मा ३ जना र ओमान मा १ जना रहेका छन् ।

युद्धको प्रभावमा रहेका पश्चिम एसियाली देशहरूले सामाजिक सञ्जालमा फैलाइने भ्रामक सन्देशप्रति कडाइ गरिरहेका छन् । ती देशहरूले यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने मात्र नभई देश निकाला (डिपोर्ट) सम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोक बहादुर पौडेल क्षेत्री ले सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.