बिहीबार, असार ११,२०८३ 09:39:45
Bizshala
  • बिहीबार, असार ११,२०८३ 09:39:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कनेक्ट आइपिएसमा अमेरिकाको XUNO को ‘क्रसबोर्डर रिक्वेस्ट टु पे’ सेवा सुचारु

Laxmi Sunrise Bank Limited
कनेक्ट आइपिएसमा अमेरिकाको XUNO को ‘क्रसबोर्डर रिक्वेस्ट टु पे’ सेवा सुचारु

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले अमेरिकाको XUNO र ठमेल रेमिट मार्फतक्रस बोर्डर रिक्वेस्ट टु पे सेवाको थालनी गरेको छ । एनसीएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ प्ल्याट्फर्म कनेक्ट आइपिएसमा थप सेवाको रुपमा सुचारु गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ्ग सोलुसन हो,जसबाट नेपालका ग्राहकहरुले संयुक्त राज्य अमेरिकामा रहेका भुक्तानीकर्ता व्यक्ति, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने भएको छ ।  

यसरी नेपालको राष्ट्रिय स्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई XUNO सँग इन्टिग्रेट गरी अमेरिकामा रहेको नियो बैंकिङ नेटवर्कमा रहेका बैंकहरुबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसीएचएल र XUNO पहिलो संस्था बनेको छ । रिभर्स रेमिटेन्स सुविधाको रुपमा रहेको यस सेवा मार्फत नेपालका लाभग्राहीहरूले अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्ट आइपिएस प्ल्याट्फर्ममार्फत नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।  

New Office
CG Motors
Garima Development Bank

उक्त सुविधा रियल टाइम क्रस बोर्डर रेमिटको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । एनसीएचएलको NPI मा समेत उपलब्ध उक्त सेवालाई सम्बन्धित मोबाइल बैंकिङ्ग तथा वालेटमा समेत क्रमिक रुपमा विस्तार गरिने जनाइएको छ ।  

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानका भन्छन्,‘आज, प्रविधि र कनेक्टिभिटीको पहुँच भए पनि अन्तर्राष्ट्रिय बैंकहरूबाट भुक्तानी रियल टाइममा गर्न सकेका छैनन्, जसले गर्दा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा निकै असुविधा भइरहेको छ । XUNO सँगको यस साझेदारी पश्चात नेपालको भुक्तानी प्रणालीलाई विश्व बजारको भुक्तानी प्रणालीहरुसँग तथा नेपाललाई विश्वव्यापी अर्थतन्त्रमा जोडी लाभग्राहीहरुलाई प्रत्यक्ष रूपमा सबलीकरण गर्न सकिनेछ ।’

XUNO का संस्थापक बालकृष्ण जोशीका भन्छन् ‘हामी उत्कृष्ट श्रेणीको प्रविधि मार्फत् भुक्तानी तथा बैंकिङ्ग क्षेत्रमा आमुल परिवर्तन गर्न प्रतिबद्ध रहेकोमा एनसीएचएलसँगको यस सहकार्यले हामीलाई थप उत्साहित बनाएको छ । यो सहकार्य मार्फत हामीले नेपाललाई क्रस–बोर्डर पेमेन्टसँगै बोर्डरले अर्थतन्त्रमा पनि फड्को मार्न मद्दत गर्ने विश्वास लिएका छौं ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.