आईतवार, जेष्ठ १०,२०८३ 10:46:32
Bizshala
  • आईतवार, जेष्ठ १०,२०८३ 10:46:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निकासी पैठारी संघको ४५औं वार्षिक साधारणसभा सम्पन्न

Laxmi Sunrise Bank Limited
निकासी पैठारी संघको ४५औं वार्षिक साधारणसभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । आयात निर्यातकर्ता व्यवसायीहरूको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघको ४५ औं वार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ । उक्त साधारण सभाले संघको वार्षिक रआर्थिक प्रतिवेदन तथा विभिन्न प्रस्ताव पारित गरेको छ ।  

साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले आगामी दिनमा उद्यमी व्यवसायीले सम्मानित महसुस हुने वातावरण सरकारले बनाउने बताए ।  

चुनावबाट झन्डै दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि वाचापत्रमार्फत सार्वजनिक गरेका ५ प्रतिबद्धता पूरा गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहेको भन्दै सांसद पराजुलीले अगाडि थपे, ‘निकासी पैठारी ऐन बन्दैछ, त्यसमातपाईंहरूसँग सहकार्य आवश्यक छ ।’  

Bizshala
New Office
CG Motors

सरकारलाई तिर्नुपर्ने कर अनलाइनबाट तिर्न सकिन्छ भने उद्यमी व्यवसायीले सरकारबाट फिर्ता पाउनुपर्ने रकमपनि अनलाइनबाट फिर्ता गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा उपस्थित भन्सार विभागका महानिर्देशक लगायत अन्य उच्च सरकारी अधिकारीप्रति इंगित गर्दै उनले प्रश्न गरे, ‘व्यवसायीले सरकारलाई तिर्नुपर्ने राजस्व र शुल्कहरू अनलाइन तिर्न मिल्छ भने व्यवसायीले पाउने रिफन्ड अनलाइनबाट किन हुँदैन ?यसमा भोलिदेखि नै काम सुरु गर्नुस् ।’  

आफूले निजी क्षेत्रका समस्या नजिकबाट अनुभूत गरेको जानकारी गराउँदै उनले उद्यमी व्यवसायीलाई सरकारले नियन्त्रणनभई नियमनगर्ने बताए । सांसद पराजुलीले नीति निर्माणको थलो संसद् भएकोले नीतिगत समस्या र अप्ठ्याराका मुद्दा संसदीय समितिमा लिएर आउनपनि सुझाए । मुलुकलाई एफएटिएफको ग्रे–लिस्टबाट बाहिर निकाल्नुपर्ने अवस्थामा अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनु जरुरी रहेकोमा जोड दिएका उनले व्यवसायीलाई नियत सफा राखेर काम गर्न सुझाए । ‘तपाईंहरू सफानियत राखेर आउनुस्, कुनकुनकानुन संशोधनगर्नुपर्छ गरौंला,’उनले भने ।  

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीतिगत समस्या समाधानका लागि महासंघ र निजी क्षेत्रका अन्य संघसंस्थाले सहकार्य गर्नुपर्ने बताए ।  

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई सहयोग हुने खालको नीतिगत व्यवस्थाको आवश्यकता औंल्याउँदै उत्पादन र निर्यातप्रवद्र्धनमा लाग्नुपर्ने बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जनताले चाहेको परिवर्तन र निजी क्षेत्रले चाहेको स्थायित्व आएकोले अब आर्थिक क्रान्तिको शुभारम्भ हुनुपर्नेमा जोड दिए । नीतिगत कारणले १ लाख ५० हजार व्यवसायी कालोसूचीमा परेको औंल्याउँदै उनले बहुदरको मूल्य अभिवृद्धिकर बारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए । निजी क्षेत्रका चासोका विषयको पैरवीमा संघसँग एकमत भएर अघि बढ्ने प्रतिबद्धता पनि औंल्याए ।  

संघका अध्यक्ष शिवकुमार अग्रवालले खुला सिमानाका छिद्रमार्फत हुने अनधिकृत आयात रोक्न नेपाली र भारतीय बजारबीच वस्तुको मूल्यमा ठूलो ग्याप नहुने गरी कर र महशुलका दरहरू समायोजन गर्नुपर्नेमा जोड दिए ।  

त्यसैगरी उनले हचुवाको भरमावस्तु आयातमा प्रतिबन्ध लगाउन नहुने र आयातित वस्तु बढी राजस्व प्राप्त हुने शीर्षकमा राखेर जाँचपास गर्न दबाब दिने परिपाटी अन्त्य ह्ुनुपर्नेमा जोड दिए ।  

उद्घाटन सत्रमा संघका महासचिव जयन्तकुमार अग्रवालले आयात–निर्यातकर्ता व्यवसायीका चासो र नीतिगत सुधारसम्बन्धी सामग्री प्रस्तुत गरे । उनले आफ्नो प्रस्तुतिमा नीतिगत र प्रक्रियागत कमजोरीलाई मिहिन ढंगले केलाउँदै समाधानको उपाय समेत सुझाए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.