Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सलिकोले कर्मचारीलाई बाँड्यो साढे ६ करोड बोनस, तलब २८% ले वृद्धि

Global IME Bank Limited
सलिकोले कर्मचारीलाई बाँड्यो साढे ६ करोड बोनस, तलब २८% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले आफ्ना कर्मचारीलाई साढे ६ करोड रुपैयाँ बोनस बाँडेको छ । कम्पनीले गत आवमा आफ्ना कर्मचारीलाई ६ करोड ५४ लाख रुपैयाँ बोनस बाँडेको हो ।  

यो बोनस अघिल्लो आवको तुलनामा ९.७१ प्रतिशतले बढी हो । उक्त आवमा कम्पनीले कर्मचारीलाई ५ करोड ९६ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । कम्पनीले कर्मचारीलाई दिने बोनस ९.७१ प्रतिशतले बढाएको छ ।  

यसर्थ साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मर्जरपछि पनि कर्मचारीलाई खुशी बनाएको देखिन्छ ।  

साथै कम्पनीले कर्मचारीको तलब पनि २८.४३ प्रतिशतले बढाएको छ । आव २०७८÷७९ मा कर्मचारी तलबका लागि ११ करोड ७५ लाख रुपैयाँ छुट्याएको सलिकोले गत आवमा १५ करोड १० लाख रुपैयाँ छुट्याएको छ ।  

साथै कम्पनीले चाडपर्व भत्ता तथा अन्य भत्ता बापत १० करोड ४८ लाख रुपैयाँ छुट्याएको छ । यो रकम पनि अघिल्लो आवको तुलनामा २१.८१ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ रकम छुट्याएको थियो ।  

त्यस्तै, कम्पनीले बिदा वापत पाउने भत्ता तथा रकम पनि ६२.६८ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा यस्तो विदा बापत दिइने भत्ता १ करोड ४८ लाख रुपैयाँ रहेकोमा गत आवमा २ करोड ४१ लाख रुपैयाँ वितरण गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै कम्पनीले तालिम, युनिफर्म, स्वास्थ्य तथा बीमाका लागि कुल १ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । जुन यो रकम अघिल्लो आवको तुलनामा १८।४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले यी शिर्षकहरुमा १ करोड ५३ लाख रुपैयाँ छुट्याएको थियो ।

कम्पनीले कर्मचारी हितको लागि सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने रकम समेत २७.०७ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा कोषमा २ करोड २० लाख रुपैयाँ जम्मा गरेकोमा गत आवमा भने २ करोड ७९ लाख रुपैयाँ जम्मा गरेको छ ।  

कम्पनीले करारमा आउने कर्मचारी तथा स्वीपरलाई दिने ज्याला भने १०.३७ प्रतिशतले घटाएको छ । यस्तो शिर्षकमा कम्पनीले गत आवमा २५ लाख ७० हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आवमा भने कम्पनीले त्यस्ता कर्मचारीलाई २८ लाख ६७ हजार रुपैयाँ ज्याला दिएको थियो ।  

यसरी कम्पनीले कर्मचारी सुविधाका लागि गत आवमा कुल ३९ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । यो खर्च रकम अघिल्लो आवको तुलनामा २३.८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८३ लाख रुपैयाँ कर्मचारी सुविधाका लागि खर्च गरेको थियो । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.