सोमबार, चैत्र ३०,२०८२ 06:23:08
Bizshala
  • सोमबार, चैत्र ३०,२०८२ 06:23:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्धारा नयाँ वर्ष लक्षित विभिन्न योजनाहरु सार्वजनिक

Bizshala
महालक्ष्मी विकास बैंकद्धारा नयाँ वर्ष लक्षित विभिन्न योजनाहरु सार्वजनिक
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरेको छ ।  

विभिन्न योजनाहरु अन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउने बैकको योजना अनुरुप महालक्ष्मी विकास बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत बैकका सबै सक्रिय मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैकिङ्ग प्लेटफर्म माफर्त बैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्न सफल हुनेछन् । 

विजेता ३ जना प्रयोगकर्ता आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडी सहित भ्रमण गर्न पाउनेछन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

साथै डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवद्र्धन गर्नेछ । मोबाइल बैकिङ्ग प्रयोगकर्ताले प्राप्त गर्ने Fone Points Rewards एपमा जम्मा हुनेछ । 

यो एप प्ले स्टोर तथा एप्स स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ । यस्तो रिवार्ड पोइन्ट निश्चित शर्त भित्र रहि ग्राहकहरुले विभिन्न सामानहरु खरिद गर्दा तथा अन्य कार्यहरुमा प्रयोग गर्न सक्नेछ्न ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ वर्षको २०८३ कै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जा समेत सञ्चालनमा ल्याएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय÷व्यापारिक घर÷जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप÷पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी कर्जा प्रदान गर्नेछ । यस्तो कर्जाको ब्याजदर ७ वर्ष अवधीको लागि स्थिर समेत रहनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.