काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा“Citizens Digital Month Utsav - 19th Anniversary Celebration Campaign 2083" नाराका साथ २०८३ बैशाख १ गतेबाट २०८३ बैशाख ३१ गते सम्म भव्य रुपमा मनाउने तयारी गरेको छ ।
२०८३ बैशाख महिना भर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ ।
सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय डेबिट कार्डलाई पीओएस वा ई–कमर्श कारोबारमार्फत सक्रिय गराएमा कारोवार रकमको १९ प्रतिशत वा अधिकतम रु.१९० क्यास व्याक, मोवाईल बैंकिङ्ख अथवा डिजी बैंक मार्फत ई–कम कार्ड अनुरोध गरेमा इस्युएन्स चार्जमा ५० प्रतिशत छुट, निष्कृय व्यवसायिक क्यूआर भएका ग्राहकहरुले आफनो क्यूआर सक्रिय गराएमा कारोवार रकमको १९ प्रतिशत वा अधिकतम रु.१९० क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरुमा पीओएस मेसिन जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिङ्ख अथवा डिजी मार्फत लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५० प्रतिशत छुट, पारिवारिक सदस्यहरुको नंयाँ खाता रिफर गरेमा प्रतिखाता रु.१०० क्यास व्याक, मोवाईल बैंकिङ्खमार्फत इन्टरनेशनल रेमिट्यान्सको रकम भुक्तानी लिएमा रु.२०० क्यास व्याक जस्ता सुविधाहरु प्रदान गर्ने भएको छ । यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रबद्र्धन गर्ने उद्देश्यले ल्याएको हो ।
यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

