बुधबार, कार्तिक ७,२०८१ 08:01:42
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:42
IME remit
Global IME Bank Limited

प्रभु बैंक र एनसीएचएलबीच अन्तरदेशीय कारोबार सम्बन्धी सम्झौता

Hyundai Nepal
प्रभु बैंक र एनसीएचएलबीच अन्तरदेशीय कारोबार सम्बन्धी सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अन्तर्देशीय कारोबार क्रसबोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आप्mनो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ । 

Bizshala
Shivam Cement
CG Motors

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु. १५ हजार भारतीय रुपैयाँ र मासिक रु. १ लाख सम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको छ । हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजार सम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ । यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम लाभ उठाउनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.