शनिबार, बैशाख १३,२०८२ 09:02:02
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:02:02
IME remit
Global IME Bank Limited

हङकङमा १४९ किलो अवैध सुन जफत, सिल्भर रंग लगाएर तस्करी गर्ने प्रयास

Hyundai Nepal
हङकङमा १४९ किलो अवैध सुन जफत, सिल्भर रंग लगाएर तस्करी गर्ने प्रयास
Nabil Bank Limited

काठमाण्डौ । हङकङका भन्सार अधिकारीहरुले १४९ किलो अवैध सुन जफत गरेका छन् । जापान जान लागेको मालवाहक जहाजबाट अधिकारीहरुले १० मिलियन डलरबराबरको १४९ किलो सुन जफत गरेका हुन् ।  

हङकङमा जफत गरिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको सुन हो । यो सुन गत मार्च २७ गते हंगकंग अन्तराष्ट्रिय विमानस्थलमा जफत गरिएको थियो । भन्सार अधिकारीहरुले मालवाहक विमानमार्फत जापान लग्न लागिएको दुईवटा ‘एअर कम्प्रेसर’जाचँ गर्ने क्रममा अवैध सुन पत्ता लगाएका हुन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

एअर कम्प्रेसर विभिन्न औद्योगिक र खानी उत्खनमा प्रयोग गरिन्छ । यसको प्रयोग डाईभिङमा प्रयोग हुने ग्यास सिलेण्डर भर्न प्रयोग हुने गर्छ । यो विशेष गरेर कास्ट आइरन र अल्मुनियमबाट बनेको हुन्छ ।  

तर एअर कम्प्रेसरको एक्स–रे गर्दा भन्सार अधिकारीहरुले मेशिनको मुख्य भागमा सुनलाई चलाखीपूर्वक बंगाएर राखिएको पत्ता लगाएका थिए । मेशिनको भाग र सुनको भागमा एउटै देखाउन सिल्भर रंग प्रयोग गरिएको रिपोर्टमा जनाइएको छ ।  

हङकङमा पहिलोपटक तस्करहरुले यस्तो तरिकाले सुनको तस्करी गरेको पाइएको भन्सार अधिकारीले बताएका छन् । यो घटनामा संलग्न ३१ वर्षिय एक व्यक्तिलाई गत अप्रिल ३ गते पक्राउ गरिएको थियो । अहिले उनलाई जमानतमा छाडिएको अन्राष्ट्रिय मिडियाहरुले बताएका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.