Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एसबिआई बैंकको ऋणपत्रको समयावधि वैशाखमा सकिने, कहिलेदेखि पाइन्छ साँवा र ब्याज रकम ?

Global IME Bank Limited
एसबिआई बैंकको ऋणपत्रको समयावधि वैशाखमा सकिने, कहिलेदेखि पाइन्छ साँवा र ब्याज रकम ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रको समयावधि आगामी वैशाखमा सकिने भएको छ । बैंकको ‘७.९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८०’नामक ऋणपत्रको समयावधि वैशाख ६ गते सकिन लागेको हो ।  

बैंकले उक्त ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ वैशाख ७ गतेदेखि बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट भुक्तानी गरिने जनाएको छ । ऋणपत्रधनीहरुले ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्रहरु÷ब्याज भुक्तानी पूर्जाहरुको सक्कल प्रतिका साथै आफ्नो परिचय खुल्ने कुनै आधिकारीक परिचयपत्रको सक्कल प्रति अनिवार्य रुपमा ल्याउन बैंकले सूचित गरेको छ ।  

स्वयं उपस्थित हुन नसकि अन्य व्यक्तिमार्फत ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी चेक संकलन गर्न चाहने ऋणपत्रधनीहरुको हकमा रितपूर्वक मञ्जुरीनामा प्रदान गरी निजमार्फत ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी चेक संकलन गर्न सकिने बैंकले जनाएको छ । यसरी मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिको साथै आधिकारीक परिचयपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.