शनिबार, असार १३,२०८३ 06:31:40
Bizshala
  • शनिबार, असार १३,२०८३ 06:31:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजदेखि खुल्यो हिमालयन पावर पार्टनरको हकप्रद

Laxmi Sunrise Bank Limited
आजदेखि खुल्यो हिमालयन पावर पार्टनरको हकप्रद

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खावेदन खुल्ला गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७  हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।  

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिद गर्नका लागि योग्य ठहरिनेछन् ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको हकप्रद सेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.