सोमबार, असार १५,२०८३ 09:49:24
Bizshala
  • सोमबार, असार १५,२०८३ 09:49:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विद्युत बिक्री आम्दानी बढेसँगै ईङवा हाईड्रोपावर १.१८ करोड नाफामा

Laxmi Sunrise Bank Limited
विद्युत बिक्री आम्दानी  बढेसँगै ईङवा हाईड्रोपावर १.१८ करोड नाफामा

काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ९५ लाख ७४ हजार रुपैयाँ घाटामा थियो ।

यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवमा १९ करोड २६ लाख रहेको विद्युत बिक्री आम्दानी बढेर २१ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्त खर्च घटेको छ । वित्त खर्च १० करोड ६ लाखबाट घटेर ८ करोड ५८ लाखमा सीमित बनेको छ ।

New Office
CG Motors
Garima Development Bank

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ५६ लाख र कुल चालु दायित्व २१ करोड २९ लाख रहेको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दनी(ईपीएस) २.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९७.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७९.०७ गुणा र तरलता अनुपात ०.६८ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.