सोमबार, असार १५,२०८३ 09:49:23
Bizshala
  • सोमबार, असार १५,२०८३ 09:49:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आशा लघुवित्तको नाफा १६८% ले वृद्धि, ईपीएस र लाभांश क्षमता कति ?

Laxmi Sunrise Bank Limited
आशा लघुवित्तको नाफा १६८% ले वृद्धि, ईपीएस र लाभांश क्षमता कति ?

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १६८.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिसम्म संस्थाले ६२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २२.४५ प्रतिशतले धेरै हो । अघिल्लो आवमा संस्थाले ५० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

New Office
CG Motors
Garima Development Bank

यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज भने १५ करोड ४४ लाख रुपैयाँबाट बढेर १६ करोड १६ लाख पुगेको छ । संस्थाको खराब कर्जा अनुपात ४.९७ प्रतिशतबाट बढेर ९.८८ प्रतिशत पुगेको छ ।

तेस्रो त्रैमाससम्म संस्थाको रिटेन्ड अर्निङ २०७.०५ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४ करोड ८५ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर १४ करोड ९० लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ३४ करोड २७ लाख रुपैयाँबाट बढेर ३६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ११ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह पनि १० अर्ब १५ करोड रुपैयाँबाट बढेर ११ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको वितरणयोग्य मुनाफा १४ करोड ९० लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा २०७.०५ प्रतिशतले बढी हो । संस्थाको लाभांश क्षमता पनि ६.६२ प्रतिशतबाट बढेर १८.५७ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २९.२८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६३.९२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५००.०१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३९.१८ गुणा र तरलता अनुपात ५.२९ प्रतिशत कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.