बिहीबार, बैशाख १७,२०८३ 11:55:37
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 11:55:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अध्यादेशपछि राजनीतिक सरगर्मी बढ्दै, विपक्षी दलहरूको बैठक आज बस्दै

Bizshala
अध्यादेशपछि राजनीतिक सरगर्मी बढ्दै, विपक्षी दलहरूको बैठक आज बस्दै
Shivam Cement

काठमाण्डौं । प्रतिनिधिसभाका विपक्षी दलहरू आज पुनः रणनीतिक छलफलका लागि बस्दैछन्।  

बैठक बिहीबार बिहान साढे ११ बजेपछि सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा हुने नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसअघि बुधबार पनि विपक्षी दलहरूबीच छलफल भएको थियो, जहाँ हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाहेक चार प्रमुख विपक्षी दल सहभागी भएका थिए।  

उक्त बैठकमा सरकारले ल्याएका अध्यादेशहरूबारे गम्भीर छलफल गर्दै साझा धारणा बनाइएको दुलालले बताएका छन्।

आजको बैठकमा भने ध्यान सुकुम्बासी समस्या र त्यससँग जोडिएको सुरक्षा निकायको भूमिकातर्फ केन्द्रित हुने जनाइएको छ। 

CG Motors
Garima Development Bank
IME remit

विशेषगरी सुकुम्बासी बस्तीमा सेनाको सक्रियता बढेको विषयले राजनीतिक चासो बढाइरहेको सन्दर्भमा यसबारे पनि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

विपक्षी दलहरूले सुकुम्बासी समस्या समाधानका लागि एकीकृत धारणा बनाउने तयारी गरिरहेका छन्, जसले आगामी राजनीतिक कदमहरूमा प्रभाव पार्न सक्ने संकेत देखिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X