सोमबार, असार १५,२०८३ 09:49:26
Bizshala
  • सोमबार, असार १५,२०८३ 09:49:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालिञ्चोक दर्शनको नाफामा ३१४% को उछाल, आम्दानी र ईपीएस कति ?

Laxmi Sunrise Bank Limited
कालिञ्चोक दर्शनको नाफामा ३१४% को उछाल, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ४ करोड ९६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३१४.३१ प्रतिशतले बढी हो ।

कम्पनीको आम्दानी पनि उल्लेख्य बढेको छ । यो अवधिका कम्पनीको आम्दानी पनि ८५.३६ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिमा ६ करोड ३३ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै कम्पनीको अन्य आम्दानीमा समेत उछाल आएको छ ।  कम्पनीले ३ करोड ५८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ५ लाख ३५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको वित्त खर्च बढेको छ । अघिल्लो आवमा २९ लाख ५५ हजार रहेको कम्पनीको वित्त खर्च बढेर ४० लाख ९६ हजार पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीको रिजर्भ पनि बढेर ५ करोड बढी पुगेको छ । अघिल्लो आव कम्पनीको रिजर्भ ४ करोड ३० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.९४, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.२७, मूल्य आम्दानी अनुपात ८२.८८ गुणा र तरलता अनुपात १.४१ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.