सोमबार, असार १५,२०८३ 07:55:40
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:55:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा लगानी गरेर वाणिज्य बैंकहरुले कमाए रु.९.३७ अर्ब, अधिकांशको आम्दानी वृद्धि

Laxmi Sunrise Bank Limited
सेयरबजारमा लगानी गरेर वाणिज्य बैंकहरुले कमाए रु.९.३७ अर्ब, अधिकांशको आम्दानी वृद्धि

काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरबजारमा लगानी गरेर ९ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् ।  

बैंकहरुले चालु आवको तेस्रो त्रैमाससम्म विदेशी मुद्राको कारोबार र सेयरबजारबाट ९ अर्ब ३७ करोड २१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  

बैंकहरुले सेयरमा गरेको लगानीबाट हुने आम्दानी व्यालेन्स्ड सिटमा ‘नेट ट्रेडिङ इनकम’ सूचकमा देखाएका हुन्छन् । साथै बैंकहरुले विदेशी मुद्राको कारोबार विशेषगरी डलरको खरिद बिक्री गरी त्यसबाट हुने आम्दानी समेत यस्तो सूचकमा जोडेका हुन्छन् ।  

तर बैंकहरुको डलर सटहीबाट हुने आम्दानी भन्दा सेयरमा गरिएको लगानी आम्दानी बढी हुने भएकाले यो सूचकलाई मुख्यतः सेयरमा गरिएको लगानीबाट हुने आम्दानी बुझ्न सकिन्छ ।  

जस्तै कुनै एक बैंकले सूचीकृत एउटा कम्पनीको सेयरमा १० लाख रुपैयाँबराबरको सेयर किनेको छ र केही महिनापछि त्यसको भ्यालु १२ लाख रुपैयाँ पुग्यो त्यसपछि बैंकले सेयर बिक्री गर्छ भने २ लाख रुपैयाँ बैंकको ट्रेडिङ आम्दानी हुन्छ । तर बैंकले उक्त सेयर नबेचेर राख्छ भने त्यो अनरियलाइज्ड गेनको रुपमा देखिन्छ । 

New Office
CG Motors
Garima Development Bank

तेस्रो त्रैमाससम्म सबैभन्दा बढी सेयरबजारमा लगानी गरेर ग्लोबल आइएमई बैंकले. ९५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । बैंकको यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ४५.५२ प्रतिशत बढी हो ।  

तेस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकबाहेक सबैले उल्लेख्य आम्दानी गरेका छन् । कृषिको यस्तो आम्दानी भने ६ करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यो बैंकले गत आवको सोही अवधिसम्म २८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवको तुलनामा सबैभन्दा बढी यस्तो आम्दानी बढाउनेमा भने कुमारी बैंक रहेको छ । गत आवको तेस्रो त्रैमाससम्म सेयरबजारमा लगानी गरेर २५ करोड ५६ लाख रुपैयाँ मात्रै आम्दानी गरेको यस बैंकले चालु आवको सोही अवधिसम्म ११९.०१ प्रतिशत बढाएर ५५ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ ।

गत आवको तुलनामा यस्तो आम्दानी नेपाल बैंकको भने घटेको छ । यो बैंकको यस्तो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ३५.६९ प्रतिशत घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.