काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ९० करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.२० प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ६० करोड ३० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको आम्दानी २.८८ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत ७ अर्ब ७९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत ६ अर्ब ८१ करोड रुपैयाँ कमाएको थियो ।
यस्तै अघिल्लो आवमा १२ करोड ४८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने १८ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ८५ करोड ६१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६८ करोड २ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।
५ अर्ब २२ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ६ अर्ब १६ करोड र कुल चालु दायित्व ५ अर्ब ६० करोड रहेको छ ।
यस्तै कम्पनीले यो अवधिसम्म ४ अर्ब ४२ करोड अल्पकालिन र ६ करोड ४ लाख दीर्घकालिन कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२३.१२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१६.८० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.९६ रुपैयाँ र तरलता अनुपात १.१० प्रतिशत कायम भएको छ ।
*यसअघि प्रकाशित समाचारमा कम्पनीले प्रकाशन गरेको खुद नाफा आधारित भएर वृद्धिको प्रतिशत निकालिएकोमा कम्पनीका आधिकारिक प्रतिनिधिबाट खुद नाफा प्रकाशन गर्दा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको विवरणमा एउटा शुन्य छुट्न गएको भन्ने प्रष्टिकरणका आधारमा समाचार सम्पादन गरिएको हो ।
–सम्पादक

