Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सेयर लगानीकर्ताका लागि महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता

Global IME Bank Limited
सेयर लगानीकर्ताका लागि महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता
Nabil Bank Limited

काठमाण्डौ । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उदेश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल–इन–वान) सञ्चालनमा ल्याएको छ ।  

यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्ने जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।  

महालक्ष्मी विकास बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । बैंकको गत पुस २८ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.