सोमबार, असार १५,२०८३ 06:10:45
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:10:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पियोर इनर्जीको नाफा ५४.९९ प्रतिशतले बढ्यो, खर्च घट्यो

Laxmi Sunrise Bank Limited
पियोर इनर्जीको नाफा ५४.९९ प्रतिशतले बढ्यो, खर्च घट्यो

काठमाण्डौ। पियोर इनर्जी लिमिटेडको खर्चमा कमी आएसँगै नाफा बढ्न पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.९९ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको तेस्रो  त्रैमाससम्म कम्पनीले ७५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपी कम्पनीको आम्दानी भने घटेको छ ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले कुल १७ करोड ७१ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले कुल १८ करोड ८० लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा खर्च भने नियन्त्रणमा राख्न सफल भएको छ । अघिल्लो आवमा १८ करोड ५ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवमा भने १६ करोड ५१ लाख मात्रै खर्च गरेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ६ करोड १५ लाख र कुल चालु दायित्व २१ करोड १२ लाख रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.९४ रुपैयाँ र तरलता अनुपात ०.२९ प्रतिशत कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.