सोमबार, असार १५,२०८३ 06:05:42
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:05:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

३४% ले बढ्यो भगवति हाईड्रोपावरको नाफा, आम्दानी र ईपीएस कति ?

Laxmi Sunrise Bank Limited
३४% ले बढ्यो भगवति हाईड्रोपावरको नाफा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमासमा ५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४.४३ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । नाफासँगै कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले १२ करोड ९२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.३२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १० करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यो अवधिसम्म कम्पनीले ३ करोड ५१ लाख रुपैयाँ कुल सञ्चालन खर्च र ३ करोड ९ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।  

कम्पनीको चुक्तापूँजी ६७ करोड ८२ लाख रुपैयाँ छ भने रिजर्भको आकार ६ करोड ५९ लाख रुपैयाँ रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.१६ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ११२.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४५.१५ रुपैयाँ, तरलता अनुपात १३.६७ प्रतिशत र मूल्य आम्दानी अनुपात ६७.४७ गुणा कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.