सोमबार, असार १५,२०८३ 06:05:42
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:05:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सीआईटीको नाफा ९.६७ प्रतिशतले वृद्धि, आम्दानी १.६४ अर्ब

Laxmi Sunrise Bank Limited
सीआईटीको नाफा ९.६७ प्रतिशतले वृद्धि, आम्दानी १.६४ अर्ब

काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कोषले ८९ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कोषले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.३२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कोषले आर्जन गरेको कुल आम्दानीमा २५ करोड ९८ लाख ब्याज आम्दानी, १ अर्ब ३० करोड सेवा शुल्क तथा कमिसन आम्दानी र ७ करोड ३७ लाख रुपैयाँबराबरको विविध आम्दानी रहेको छ । कोषको कुल खर्च १.१५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३२ करोड ८८ लाख रुपैयाँ रहेको कुल खर्च घटेर ३२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कोषले ३ खर्ब ११ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ३४ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा १५ अर्ब ७० करोड  ,समयकालिन कर्जामा २६ अर्ब ३१ करोड ,संगठित संस्थाको सेयरमा ३२ अर्ब १ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौज्दात १ अर्ब ६१ करोड र चालु सम्पत्ति ७ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार १२ अर्ब ६८ करोड रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.११ रुपैयाँ र लगानी प्रतिफल ४.३६ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.