सोमबार, असार १५,२०८३ 06:05:03
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:05:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बिन्ध्यवासिनी हाइड्रोको नाफा ७७% ले बढ्यो, ईपीएस ९.९२ रुपैयाँ

Laxmi Sunrise Bank Limited
बिन्ध्यवासिनी हाइड्रोको नाफा ७७% ले बढ्यो, ईपीएस ९.९२ रुपैयाँ

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको  खुद नाफा ७७.३२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ७६ लाख रुपैयाँबराकरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ६३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड ३१ लाख आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ३० करोड ७४ लाख कमाएको थियो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको प्रशासनिक खर्च ४ करोड ४९ लाख र मर्मत तथा सम्भार खर्च १ करोड २७ लाख रहेको छ । यस्तै कम्पनीको वित्त खर्च ९ करोड ११ लाख रहेको छ । १ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ४३ लाख र कुल चालु दायित्व ६ करोड ६७ लाख रुपैयाँ रहेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.९२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११७.४३ रुपैयाँ,र तरलता अनुपात २.९१ गुणा कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.