सोमबार, असार १५,२०८३ 06:05:41
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:05:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्याज आम्दानी घटेसँगै निर्धन उत्थान लघुवित्तको नाफामा ६७% को गिरावट, खराब कर्जा बढ्यो

Laxmi Sunrise Bank Limited
ब्याज आम्दानी घटेसँगै निर्धन उत्थान लघुवित्तको नाफामा ६७% को गिरावट, खराब कर्जा बढ्यो

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ६७.७४ प्रतिशतको गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै अघिल्लो आवमा १ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी घटेर १ अर्ब ३९ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने १७ करोड ९७ लाखबाट बढेर २४ करोड २९ लाख पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब  १२ करोड र सञ्चालन मुनाफा ३७ करोड ७२ लाख रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाको लाभांश क्षमता १२.१६ रुपैयाँबाट घटेर ८.०५ रुपैयाँमा सीमित बनेको छ ।

यस्तै वितरणयोग्य मुनाफा पनि २३ करोड ८२ लाखबाट घटेर १६ करोड ५५ लाखमा सीमित बनेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५३ करोड ८० लाख छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४१ करोड ७९ लाख छुट्टाएको थियो । यो अवधिमा संस्थाको खराब कर्जा अनुपात ९.०९ प्रतिशतबाट बढेर १३.९५ प्रतिशत पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै संस्थाको रिटेन्ड अर्निङमा १६ करोड ५५ लाख र रिजर्भमा २ अर्ब ९७ करोड सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ७.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१४.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०७४.८६ रुपैयाँ र तरलता अनुपात ७.८१ प्रतिशत कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.