काठमाण्डौं । सर्वोच्च अदालतमा आज पेसी तोक्ने प्रक्रिया निर्धारित समयभन्दा ढिलो भएको छ। सामान्यतया बिहान साढे ९ बजे आसपास गोला तानेर पेसी तोकिने भए पनि आज ११ बजेसम्म पनि सो प्रक्रिया सुरु हुन सकेको छैन।
बिहीबार संवैधानिक परिषद्ले परम्परा तोड्दै वरिष्ठ न्यायाधीशलाई होइन, चौथो वरीयतामा रहेका ःमनोज शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेपछि सर्वोच्चका न्यायाधीशहरू छलफलमा व्यस्त रहेका छन्।
सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार गोला प्रक्रियाका लागि भेला भएका न्यायाधीशहरूको आन्तरिक छलफल लम्बिँदा पेसी तोक्ने काम प्रभावित भएको हो।

