सोमबार, असार १५,२०८३ 06:09:00
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:09:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानी बढ्दा रावा इनर्जीको नाफामा ९१ प्रतिशतको बढोत्तरी

Laxmi Sunrise Bank Limited
आम्दानी बढ्दा रावा इनर्जीको नाफामा ९१ प्रतिशतको बढोत्तरी

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको विद्युत बिक्री आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ८ करोड ८ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ७ करोड २५ लाख रुपैयाँ कमाएको थियो ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीले २ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यसरी कम्पनीको खुद नाफा ९१.७४ प्रतिशतले बढेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले समीक्षा अवधिसम्म कर्मचारीका लागि ४७ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै अघिल्लो आवसम्म १३ लाख २ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च बढेर ९ लाख १६ हजार रुपैयाँ पुगेको छ । कम्पनीले २ करोड २ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ४ करोड २७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ३० लाख र कुल चालु दायित्व १ करोड ९७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८४.९३ रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.