सोमबार, असार १५,२०८३ 06:07:12
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:07:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भिजन लुम्बिनी उर्जा १० करोड बढी घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

Laxmi Sunrise Bank Limited
भिजन लुम्बिनी उर्जा १० करोड बढी घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । खर्च वृद्धि भएसँगै भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड घाटामा गएको छ। कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी भने ५४.८७ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ३८ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो आवमा १४ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च भने २४ करोड पुगेको छ । यस्तै कम्पनीको कर्मचारी खर्च पनि ४८ लाख ६१ हजारबाट बढेर १ करोड ३८ लाख र प्रशासनिक खर्च ६८ लाख ७९ हजारबाट बढेर ३ करोड ६७ लाख पुगेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ५३ करोड २ लाख रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.२६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०२.६६ गुणा र तरलता अनुपात १.०३ गुणा कायम भएको छ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.