सोमबार, असार १५,२०८३ 06:10:26
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:10:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

६९% ले बढ्यो हिमालय उर्जा विकासको नाफा, वित्त खर्च घट्यो

Laxmi Sunrise Bank Limited
६९% ले बढ्यो हिमालय उर्जा विकासको नाफा, वित्त खर्च घट्यो

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    

कम्पनीको कुल आम्दानी ६.८५ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३४ करोड ५९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी ३२ करोड ३७ लाख रहेको थियो । कम्पनीको रोयल्टी खर्च ६९ लाख १७ हजार रहेको छ । यस्तै प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च ४ करोड ११ लाखबाट बढेर ७ करोड ९० लाख पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यद्यपी कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा १३ करोड ९० लाख रहेको वित्त खर्च ९ करोड ८३ लाखमा सीमित बनेको छ ।  

यो अवधिसम्म कम्पनीको रिजर्भको आकार भने १२ करोड ७७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको कुल चालु सम्पत्ति २८ करोड र कुल चालु दायित्व ८७ लाख ४५ हजार रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३.५५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७९.८५ रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.