सोमबार, असार १५,२०८३ 06:10:11
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:10:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रेड टावरको नाफा ४१% ले वृद्धि

Laxmi Sunrise Bank Limited
ट्रेड टावरको नाफा ४१% ले वृद्धि

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आम्दानीमा बढोत्तरी आएसँगै नाफा बढ्न पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले १ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.४९ प्रतिशतले बढी हो ।

यो अवधिमा कम्पनीले १५ करोड १५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७४ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको खर्च पनि बढेको छ । अघिल्लो आवमा ६ करोड २३ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ९९ लाख खर्च गरेको छ ।  

कम्पनीको वित्त खर्च पनि ३ करोड २१ लाख रुपैयाँबाट १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । ८१ करोड ५६ लाख चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ७५ लाख र कुल चालु दायित्व २७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६८.१० रुपैयाँ र तरलता अनुपात ०.५० प्रतिशत कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.