सोमबार, असार १५,२०८३ 06:08:31
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:08:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वित्त खर्च घट्दा मोदी इनर्जीको घाटामा कमी

Laxmi Sunrise Bank Limited
वित्त खर्च घट्दा मोदी इनर्जीको घाटामा कमी

काठमाण्डौ । वित्त खर्च घट्दा मोदी इनर्जी लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ६ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७ करोड ४५ लाख रुपैयाँ घाटामा थियो ।  

विद्युत बिक्रीमार्फत कम्पनीले ३४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४४ प्रतिशतले कम हो ।

New Office
CG Motors
Garima Development Bank

यो अवधिसम्म कम्पनीको प्रशासनिक बिक्री तथा वितरण खर्च बढेको छ । कम्पनीले प्रशासनिक बिक्री तथा वितरण शीर्षकमा १९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा भने यस्तो खर्च १९ लाख ८३ हजार रुपैयाँ थियो ।    

यस्तै कम्पनीको वित्त खर्च २२ करोड ४९ लाखबाट घट्दै १६ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफामा ३० करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिर्जभ १ अर्ब १९ करोड रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक इपीएस)३.११ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५८.६२ रुपैयाँ, तरलता अनुपात ०.६४ प्रतिशत र मूल्य आम्दानी अनुपात ८९.३५ गुणा ऋणात्मक अवस्थामा रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.