बिहीबार, बैशाख ३१,२०८३ 04:53:42
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:53:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ओरियन्टल होटलको वित्तीय संकेत चिन्ताजनक, ऋण र खर्च उच्च

Laxmi Sunrise Bank Limited
ओरियन्टल होटलको वित्तीय संकेत चिन्ताजनक, ऋण र खर्च उच्च
Shivam Cement

काठमाण्डौ । पाँचतारे होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पनि घाटामै देखिएको छ । होटलको सञ्चालन आम्दानीमा सुधार देखिए पनि उच्च सञ्चालन खर्च, कर्मचारी व्यवस्थापन खर्च र वित्तीय दबाबका कारण कम्पनी नाफामा फर्किन सकेको छैन ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ९३ लाख रुपैयाँभन्दा बढी खुद घाटा व्यहोरेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनी ४ करोड ३ लाख रुपैयाँ नाफामा रहेको थियो । यसले एक वर्षमै कम्पनीको नाफा संरचनामा ठूलो गिरावट आएको संकेत गरेको छ ।

Bizshala
New Office
CG Motors

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन आम्दानी भने बढेको छ । समीक्षा अवधिमा होटलले ७३ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७९ करोड १७ लाख रुपैयाँको तुलनामा केही कम भए पनि पछिल्ला त्रैमासहरूसँग तुलना गर्दा सुधारोन्मुख देखिन्छ ।

तर आम्दानीको तुलनामा खर्च अझ तीव्र गतिमा बढेका कारण कम्पनी घाटामा धकेलिएको हो । वित्तीय विवरणअनुसार कम्पनीको कर्मचारी सुविधा खर्च मात्रै २३ करोड ४० लाख रुपैयाँ पुगेको छ । सञ्चालन आपूर्ति तथा अन्य खर्च पनि १४ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

यस्तै, प्रशासनिक तथा सामान्य खर्च ११ करोड ९८ लाख रुपैयाँ नाघेको छ भने मूल्यह्रास तथा अमोर्टाइजेसन खर्च पनि ९ करोड ११ लाख रुपैयाँ रहेको छ । खर्चको यही चापले सञ्चालन नाफा घटाउँदै कम्पनीलाई घाटातर्फ धकेलेको विश्लेषण गरिएको छ ।

कम्पनीको वित्तीय संरचनामा पनि दबाब देखिएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल दायित्व २ अर्ब १३ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसमध्ये दीर्घकालीन ऋण मात्रै १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

यद्यपि, कम्पनीसँग २९ करोड ३४ लाख रुपैयाँ नगद तथा नगद सरह मौज्दात रहेको देखिन्छ, जसले छोटो अवधिको तरलता व्यवस्थापनमा केही राहत दिएको संकेत गर्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २.४७ रुपैयाँले नेगेटिभ बनेको छ भने प्रतिसेयर नेटवर्थ ३२८ रुपैयाँभन्दा माथि कायम रहेको छ । उच्च नेटवर्थ भए पनि नाफा घट्दै जानु र सञ्चालन खर्च नियन्त्रणबाहिर जानु लगानीकर्ताका लागि चिन्ताको विषय बनेको विश्लेषकहरू बताउँछन् ।

होटल उद्योगमा पछिल्लो समय बढ्दो प्रतिस्पर्धा, पर्यटक आगमनमा अपेक्षाअनुसार वृद्धि हुन नसक्नु, उच्च सञ्चालन लागत तथा ऋणको ब्याजभारका कारण धेरै होटल कम्पनीहरू दबाबमा देखिएका छन् । ओरियन्टल होटलको पछिल्लो वित्तीय विवरणले पनि यही वास्तविकतालाई प्रतिबिम्बित गरेको देखिन्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.