काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
दुई कम्पनीबीच एक आपसमा गाभ्ने÷गाभिने वा मर्जरका लागि राष्ट्र बैंकले वैशाख २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
हाल पोखरा फाइनान्सको कायम चुक्तापूँजी १ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समृद्धि फाइनान्सको चुक्तापूँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड १४ लाख रुपैयाँ पुग्नेछ ।

