काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले कमाएको यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४२.४२ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म १० करोड रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको यस अवधिसम्म आइपुग्दा १५.६८ प्रतिशत बढाएर आम्दानी ११ करोड ५७ लाख रपैयाँ पुर्याएको छ ।
कम्पनीको कुल खर्च उल्लेख्य बढ्दा नाफ घट्न पुगेको हो । समिक्षा अवधिसम्म कम्पनीको कुल खर्च ६१ प्रतिशतले बढेर ९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च जम्मा ५ करोड ८३ लाख रुपैयाँ मात्रै थियो ।
सो अवधिसम्म कम्पनीको इपीएस १.८५ रुपैयाँबाट घटेर ०.९५ रुपैयाँ कायम भएको छ भने बुक भ्यालु ७८.३३ रुपैयाँबाट घटेर ६७.४४ रुपैयाँ कायम भएको छ । यता कम्पनीको मूल्य आम्दानी अनुपात ७४०.२६ गुणाबाट बढेर ९३६.१९ गुणा पुगेको छ ।

