काठमाण्डौ । पाल्पा सिमेन्ट कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४१.२५ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको व्यवसायमा सामान्य गिरावट आउँदा नाफा घट्न पुगेको हो । कम्पनीले सिमेन्ट बिक्रीमार्फत सो अवधिसम्म ३ अर्ब ४० करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा १७.२२ प्रतिशत कम हो । गत आवमा कम्पनीको यस्तो आम्दानी ४ अर्ब ११ करोड २० लाख रुपैयाँ थियो ।
३ अर्ब ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको प्रतिसेयर आम्दानी जम्मा २.४८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९.५८ रुपैयाँ र तरलता अनुपात २.२९ प्रतिशत छ ।

