सोमबार, असार १५,२०८३ 04:44:08
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:44:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, कारोबार रु.२.६९ अर्बमा सीमित

Laxmi Sunrise Bank Limited
सामान्य अंकले घट्यो नेप्से, कारोबार रु.२.६९ अर्बमा सीमित

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ९.१८ अंकले घटेर २७३५.२१ रुपैयाँ कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३३८ कम्पनीको ५४  लाख ५ हजार ३३२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह बाहेकका सबै समूहमा रातो रङ पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.४७ प्रतिशतले बढेको छ भने व्यापार समूह १.५० प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने समूहमा निर्जीवन बीमा समूह रहेको छ । यो समूह आज ०.६१ प्रतिशतले घटेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.२४ प्रतिशत, विकास बैंक समूह ०.१९ प्रतिशत, फाइनान्स समूह ०.३६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४२ प्रतिशत, हाइड्रो समूह ०.१२ प्रतिशत, लगानी समूह ०.२२ प्रतिशत, जीवन बीमा समूह ०.५० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३९ प्रतिशत, अन्य समूह ०.३० प्रतिशतले घटेको छ ।  

New Office
CG Motors
Garima Development Bank

सर्वाधिक कमाउने शीर्ष १० स्टक  

आज सर्वाधिक कमाउनेमा एशियन हाइड्रोपावर रहेको छ । कम्पनीको सेयरभाउ ११.४२ प्रतिशतले बढेर ५६६ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, एसवाई प्यानलको ४.६२ प्रतिशत, हिमालयन बैंक बण्डको ४.३४ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्डको ४.०९ प्रतिशत, सेन्चुरी डिबेञ्चरको ३ प्रतिशत, ९% कामना सेवा विकास बैंक लिमिटेडको ३ प्रतिशत, सुभम पावरको २.९८ प्रतिशत, सानिमा ग्रोथ फण्डको २.९४ प्रतिशत, साहज उर्जाको २.७८ प्रतिशत र बोटलर्स नेपाल (बालाजु)लिमिटेडको २.६९ प्रतिशतले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउनेमा धौलागिरी लघुवित्त रहेको छ । यो कम्पनीको सेयरभाउ ११.१७ प्रतिशतले घटेर १३२८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, झापा इनर्जीको ९.४३ प्रतिशत, १०% सिटिजन्स बैंक डिबेञ्चरको ४.८७ प्रतिशत, रिज लाइन इजर्नीको  ४.८७ प्रतिशत, आरबीबी फोकस ४० को ३.७४ प्रतिशत, एनआइसी एशिया सेलेक्ट ३० को ३.५५ प्रतिशत, आरबीसीएलको ३.०३ प्रतिशत, ८.५% नेपाल बैंक डिबेञ्चरको २.९५ प्रतिशत, ११% एबीबीएल डिबेञ्चरको २.९४ प्रतिशत र ग्लोबल आइएमई बैंक डिबेञ्चरको २.९३ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.