बिहीबार, बैशाख ३१,२०८३ 10:41:40
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:41:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।

Bizshala
New Office
CG Motors

कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरिएको छ ।

स्थानिय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि स्थानियले आवेदन दिन सक्नेछन्।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी बीबी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।  

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.