Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ट्रम्पको कम्पनीको सेयरमूल्य एकैदिन १८% ले घट्यो, यस्तो छ कारण

Global IME Bank Limited
ट्रम्पको कम्पनीको सेयरमूल्य एकैदिन १८% ले घट्यो, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । डोनाल्ड ट्रम्पको कम्पनी,‘ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप’को सेयरमूल्य सोमबार एकै दिन १८ प्रतिशतले घटेको छ ।  

कम्पनीले ट्रम्पको स्वामित्वमा रहेको सबै सेयरसहित लाखौं कित्ता सेयर बिक्री गर्ने घोषणा गरेपछि कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको हो । अमेरिकी सेयर बजारमा गत मार्च २६ गते सूचीकृत भएसँगै कम्पनीको सेयरमूल्य तीव्र रुपमा उचारचढाव भईरहेको छ । यो कम्पनीले ट्रम्पका बफादार फ्यान र सर्ट सेल गर्ने कारोबारीलाइ्र्र आकर्षित गरिरहेको छ । कम्पनीको सेयरमूल्य ओभरभ्याल्युड भएको लगानीकर्ताले बताएका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रतिकित्ता ७०.९० डलरमा  कारोबार  खुलेको यो कम्पनीको सेयरमूल्य कारोबार खुलको पहिलो दिनदेखि ६० प्रतिशतले घटिसकेको छ । सोमबार यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६.४ डलरमा कारोबार बन्द भएको छ ।  

अन्तराष्ट्रिय मिडियाले कम्पनीले कुल १४६.१ मिलियन कित्ता सेयर बिक्री गर्ने सम्भावना रहेको बताएका छन् । यसमा ट्रम्पको स्वामित्वमा रहेको ११४.८ मिलियन कित्ता पनि समावेश छ ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.