काठमाण्डौ । एमालेका सांसद पुष्पराज कँडेलले सेयरबजार अलमलिएको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
हाल देशको समग्र आर्थिक अवस्था ठिक नभएको भन्दै अर्थतन्त्र देखिएको विभिन्न समस्या तथा अवस्थाहरु औल्याएका हुन् । ‘अहिले देशको व्यवसायिक वातावरण धमिलिएको छ, उद्योगी व्यवसायी आतंकित छन्, सेयरब्जार अलमलिएको छ,बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको छ,बजारमा मूल्यवृद्धि अचाक्ली छ र उपभोक्ता समस्या छन् ।
आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफलका क्रममा बोल्दै कँडेलले ‘वर्तमान अवस्थामा निजी क्षेत्रका व्यवसायिक वातावरण सुधार्नेतर्फ यो प्रस्ताव केन्द्रीत हुनुपर्थ्यो, तर त्यस्तो देखिएन ।’ उनले भने ।
उनले सरकार उल्टो दिशातर्फ गईरहेको र सम्पूर्ण शत्ता हत्याउनेतर्फ उन्मुख भएको आरोप समेत लगाए ।

