आईतवार, जेष्ठ १०,२०८३ 02:41:20
Bizshala
  • आईतवार, जेष्ठ १०,२०८३ 02:41:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोखराको फिर्केखोलामाथि डोजर चल्दै, १६० भन्दा बढी संरचना हटाइने

Laxmi Sunrise Bank Limited
पोखराको फिर्केखोलामाथि डोजर चल्दै, १६० भन्दा बढी संरचना हटाइने
Shivam Cement

काठमाण्डौं । पोखरा महानगरपालिकाले वर्षौँदेखि अतिक्रमणको चपेटामा परेको फिर्केखोलामाथि अब कडा कदम चालेको छ ।  

प्राकृतिक बहाव क्षेत्र मिचेर बनाइएका १६० भन्दा बढी स्थायी तथा अस्थायी संरचना हटाउन महानगरले आइतबारदेखि डोजर अभियान शुरु गरेको हो ।

 

Bizshala
New Office
CG Motors

फिर्केखोला पोखरा–१८ को अधेरीकुनाबाट शुरु भई विभिन्न वडा हुँदै फेवाताल मा मिसिने करिब ८ किलोमिटर लामो खोला हो ।  

तर, पछिल्ला वर्षहरूमा खोलाको प्राकृतिक बहाव क्षेत्र नै अतिक्रमण गरेर घर, व्यापारिक भवन, विद्यालय, संघसंस्था तथा अन्य संरचना निर्माण गरिँदा फिर्केखोला साँघुरिँदै गएको छ ।

महानगरले २०८० सालमा गरेको सीमाङ्कन अध्ययनले खोलाघरभित्र १६० भन्दा बढी संरचना बनेको निष्कर्ष निकालेको थियो ।

त्यसपछि महानगरले ३५ दिने सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरेको थियो । शनिबार समयसीमा सकिएसँगै अब महानगर बल प्रयोग गरेरै अतिक्रमण हटाउने चरणमा पुगेको हो ।

महानगरका अनुसार आइतबार बिहान १० बजेदेखि तीन फरक स्थानबाट एकैसाथ डोजर परिचालन गरिनेछ ।  

अधेरीकुनादेखि फिर्केपुल हुँदै जिरोकिमीसम्मका विभिन्न खण्डमा एक्साभेटर, जेसिबी र टिप्पर प्रयोग गरेर संरचना हटाइने तयारी छ ।

पोखरा–१७ की वडाध्यक्ष राधिकाकुमारी शाही ले नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र पर्ने सबै प्रकारका संरचना हटाइने स्पष्ट पारिन् ।

अभियानको शुरुवात नै जिरोकिमीस्थित लायन्स क्लब को भवनबाट गरिने भएको छ ।  

महानगरका अनुसार उक्त भवन खोलाको बहाव क्षेत्रमाथि नै निर्माण गरिएको छ ।  

महानगर प्रमुख धनराज आचार्य स्वयं उपस्थित भएर अभियान सुरु गर्ने कार्यक्रम तय गरिएको छ ।

फिर्केखोलाको अतिक्रमणले अहिले वातावरणीय र शहरी जोखिम दुवै बढाएको महानगरको निष्कर्ष छ ।  

कतिपय स्थानमा ह्युमपाइपमाथि घर तथा व्यापारिक संरचना निर्माण गरिएका छन् भने ढल, फोहोर र निर्माण सामग्री सिधै खोलामा फालिँदा फेवाताल समेत प्रभावित बनेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

वर्षायाममा बाढीको जोखिम बढ्नुका साथै ताल पुरिने समस्या समेत तीव्र बन्दै गएको विज्ञहरू बताउँछन् ।

महानगरले पहिलो चरणमा खोलाको प्राकृतिक बहाव क्षेत्र खाली गर्ने र त्यसपछि मापदण्ड निर्धारण गरी ‘फिर्के करिडोर’ विकास गर्ने योजना अघि सारेको छ ।  

महानगर प्रमुख आचार्यका अनुसार भविष्यमा फिर्केखोलालाई हरित, पर्यटकीय र व्यवस्थित शहरी क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

खोलाघरभित्र बसोबास गर्दै आएका करिब ४० सुकुम्बासी परिवारलाई वैकल्पिक सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारीसमेत भइरहेको महानगरले जनाएको छ ।  

हाल महानगरले फिर्केखोलाको न्यूनतम चौडाइ ६ मिटर कायम गरेको छ ।

यसअघि पनि २०८० सालमा अतिक्रमण हटाउने प्रयास गरिएको थियो ।  

तर, स्थानीयले अदालतमा मुद्दा दायर गरेपछि प्रक्रिया रोकिएको थियो ।  

पछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि अभियान पुनः अघि बढाइएको हो ।

फिर्केखोला क्षेत्रमा निजी घर मात्रै होइन, शैक्षिक संस्था र संघसंस्थाले समेत खोलाघर अतिक्रमण गरेको पाइएको छ ।  

लिटिल स्टेप माध्यमिक विद्यालयका दुई भवन र पोखरा इन्जिनियरिङ कलेज को एउटा भवनसमेत खोलाको बहाव क्षेत्रभित्र परेको प्रतिवेदनमा उल्लेख छ ।

महानगरको अध्ययनअनुसार खोलाघर मिचेर ९७ अस्थायी, ३५ स्थायी, १० वटा संघसंस्थाका अस्थायी तथा १८ वटा संघसंस्थाका स्थायी संरचना निर्माण भएका छन् ।  

पटक–पटक सीमाङ्कन र नक्साङ्कन भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा फिर्केखोला निरन्तर अतिक्रमणको चपेटामा पर्दै आएको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.