आईतवार, जेष्ठ १०,२०८३ 03:53:53
Bizshala
  • आईतवार, जेष्ठ १०,२०८३ 03:53:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बेलायती मन्त्री सीमा मल्होत्राको घोषणा : नेपालको शिक्षा क्षेत्रमा बेलायतको सहकार्य विस्तार

Laxmi Sunrise Bank Limited
बेलायती मन्त्री  सीमा मल्होत्राको घोषणा : नेपालको शिक्षा क्षेत्रमा बेलायतको सहकार्य विस्तार
Shivam Cement

काठमाण्डौं । संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री  सीमा मल्होत्राले नेपाल र बेलायत बीचको शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाउँदै प्राविधिक शिक्षा, सीप विकास र गुणस्तरीय उच्च शिक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपाल भ्रमणका क्रममा नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज द्वारा आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक कार्यक्रममा बोल्दै मन्त्री मल्होत्राले शिक्षा क्षेत्रलाई नेपाल–बेलायत सम्बन्धको दीर्घकालीन आधारका रूपमा अघि बढाइने बताइन् ।

Bizshala
New Office
CG Motors

उनले आधुनिक शिक्षा प्रणालीलाई रोजगारी, उद्यमशीलता र आर्थिक अवसरसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै बेलायतले नेपाली युवाको क्षमता अभिवृद्धिमा लगानी गर्न इच्छुक रहेको बताइन् ।

“हामी शिक्षा मार्फत युवालाई विश्वस्तरीय अवसरसँग जोड्ने सोचमा छौँ,” उनले भनिन्, “नेपालमा सञ्चालन भइरहेका बेलायती सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरू र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएका छन् ।”

मन्त्री मल्होत्राले नेपालको प्राथमिकता र आवश्यकता अनुसार प्राविधिक शिक्षा, अनुसन्धान, नवप्रवर्तन र सीपमूलक तालिमका क्षेत्रमा थप सहकार्य गर्न बेलायत तयार रहेको स्पष्ट पारिन् ।

नेपाल भ्रमणका क्रममा उनले स्वर्णिम वाग्ले, शिशिर खनाल, सस्मित पोखरेल तथा चेतनारायण आचार्य लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

नेपालका लागि बेलायतका राजदूत रब फेनले शिक्षा, दिगो लगानी, सीप विकास र आर्थिक सहकार्यका विविध विषयमा दुई देशबीच सकारात्मक संवाद भएको जानकारी दिए ।

Garima Development Bank
Shivam Cement
IME remit

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले नेपाल सरकारले समावेशी शिक्षा, प्राविधिक तालिम र सुशासनलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न खोजिरहेको बताए ।

त्यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् का पूर्व सदस्यसचिव रामहरि लामिछानेले नेपालमा ‘सेक्टर स्किल काउन्सिल’ स्थापना, अनुसन्धानमुखी उच्च शिक्षा तथा गुणस्तर मापन प्रणाली विकासमा बेलायतको अनुभव उपयोगी हुने धारणा राखे ।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ का महासचिव उद्धव खड्काले गतआर्थिक वर्षमा मात्रै २३ हजार नेपाली विद्यार्थी उच्च शिक्षाका लागि बेलायत गएको जानकारी दिए ।

कार्यक्रममा Silver Mountain School of Hotel Management की प्रबन्ध निर्देशक आभा शाह र James College का प्रिन्सिपल जेडी भट्टलगायतले नेपाल–बेलायत शैक्षिक सहकार्यलाई अझ व्यवहारिक र प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरेका थिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.