• शुक्रबार, जेष्ठ १५,२०८३ 10:36:34
बजेटोत्सभ

विशाल बजार कम्पनीको एफपीओ आउने

विशाल बजार कम्पनीको एफपीओ आउने

काठमाण्डौ । विशाल बजार कम्पनीको एफपीओ निष्कासन हुने भएको छ । सरकारले आगामी आवको बजेट भाषणमार्फत विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने घोषणा गरेको हो ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट प्रस्तुतमार्फत सरकारी संस्थानहरुलाई बलियो बनाउन पूँजी वृद्धि आवश्यक रहेको बताउँदै विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने बताएका हुन् ।  

विशाल बजार कम्पनी हाल नेप्सेमा सूचीकृत कम्पनी हो । यो कम्पनीको दोस्रो बजारमा ४ करोड १ लाख कित्ता सेयर सूचीकृत छ । यदि सरकारले उक्त कम्पनीको सेयर निष्कासन प्रक्रिया अघि बढायो भने कम्पनीले एफपीओ निष्कासन गर्नुपर्ने देखिन्छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.