काठमाण्डौ । सोमबार सेयरबजारमा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, ओपल सेक्युरिटिज, साउथ एशियन बुल्स प्रा.लि., नासा सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नागरिक स्टक डिलर, अग्रवाल सेक्युरिटिज, एप्पल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र हिमालयन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा नागरिक स्टक डिलर रहेको छ । कम्पनीबाट आज मात्रै २ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा १ करोड सेयर मात्रै खरिद भएको छ भने २ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।


