आईतवार, श्रावण १०,२०८३ 11:31:42
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:31:42
Bizshala
Global IME Bank Limited

बीवाईडी भन्सार छली आशंका प्रकरण : मुस्ताङमा केन्द्रको अनुगमन टोली

बीवाईडी भन्सार छली आशंका प्रकरण : मुस्ताङमा केन्द्रको अनुगमन टोली
New Office

काठमाण्डौं । बीवाईडी विद्युतीय गाडीको भन्सार छली भएको आशंकासम्बन्धी प्रकरणमा छानबिन तीव्र पारिएको छ।

केन्द्रबाट खटिएको अनुगमन टोली मुस्ताङस्थित कोरोला भन्सार कार्यालयमा पुगेको हो । 

भन्सार विभागका उपसचिव, अर्थ मन्त्रालयका उपसचिवसहित दुई जना अधिकृत सम्मिलित टोली स्थल निरीक्षणका लागि मुस्ताङ पुगेको छ  ।

टोलीले भन्सार प्रक्रिया, जाँचपास विवरण तथा सम्बन्धित कागजातहरूको प्रारम्भिक अध्ययन शुरु गरेको बताइएको छ।

बजेटअघि विद्युतीय गाडीमा कर दर परिवर्तन हुने सूचना बाहिरिएपछि बीवाईडीका आधिकारिक बिक्रेता साइमेक्स इंकले ठूलो संख्यामा गाडी आयात गरेको विषय सार्वजनिक भएपछि विवाद चुलिएको हो।  

प्रारम्भिक विवरणअनुसार जेठ १२ र १३ गते मात्र ६४९ वटा गाडी जाँचपास गरिएको तथा रसुवागढी नाकाबाट थप ४७२ वटा गाडी भित्र्याइएको देखिएको छ।

सरकारी सूचना चुहावटको आधारमा ठूलो परिमाणमा गाडी आयात गरी अर्बौं रुपैयाँ बराबरको भन्सार छली गरिएको आरोपपछि विभिन्न निकायमा छानबिनको माग उठ्दै आएको छ।

प्रकरणको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेतको संयुक्त छानबिन समिति गठन गरिएको छ।

यसैबीच थप अनुसन्धानका लागि शुक्रबार नै अनुगमन टोली स्थलमा पुगेको भन्सार बिभागले जनाएको छ । 

टोलीले प्रारम्भिक तथ्य संकलनपछि विस्तृत प्रतिवेदन तयार गर्ने बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.